Schlorships

विद्यालयमा स्थापित छात्रवृत्ति एवं पुरस्कारहरू

मदन सुवेदी (शिक्षक)
मानव जातिको प्रगतिको मूल कारण शिक्षा हो । शिक्षाले नै मानवलाई सभ्य बनाउँछ । सभ्यता नै पूर्णमानवको पहिचान हो । शिक्षाले मानिसलाई जीवन जिउने कला प्रदान गर्दछ, जसबाट मानिसले सफल जीवन जिउन सक्छ । तसर्थ समाजको विकासका लागि शिक्षाको प्रचारप्रसार हुनुपर्दछ भन्ने पवित्रतम उद्देश्य राखी वि. सं. २००४ सालमा ‘पद्मोदय मिडिल स्कुल’ को स्थापना भएको हो । यस क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्ने महŒवपूर्ण अभिभारा वहन गर्दै आएको यस विद्यालयमा यस क्षेत्रका शिक्षाप्रेमी, बुद्धिजीवी महानुभावहरूले विभिन्न छात्रवृत्ति तथा पुरस्कारहरू स्थापना गरी स्तरीय शिक्षाका लागि मार्ग प्रशस्त गर्ने कार्य गर्नु भएको छ, जसबाट विद्यालयीय शिक्षामा सकारात्मक सहयोग पुगेको महसुस गरिएको छ ….. Click Here for More!