Message from Principal

Dr. Krishnaraj D.C. (Principal)

Padmodaya Public Model Secondary School, founded by Mr. Damodar Sharma, established in 2004 B.S (1948 A.D), is the oldest and reputed public school in the Western Region of Nepal. The school is trying its best to integrate the 21st century core skills in the curriculum for its students. At present the school has been running coeducation in technical and general education. I believe our teaching faculties, school management committee and administrative staff are fully committed to achieve the school’s goal, national goal of education and promoting global citizen as per the need of time and context. We equally appreciate our founder, donors, benefactors and benefactress. 

We would love to collaborate with any volunteers, sponsors, donors or any collaborative partners for the betterment of school education and infrastructure development. In addition to this, we would like to welcome any collaborative agency or organization for the development of technical education in the higher level. We are grateful to all the former principals, school founder members and management committee members to bring this school at this height. 

Thank you !

 

मेरो भन्नु

शिक्षा मानव सभ्यताको मुल आधार र देश विकास निमार्णको मेरुदण्ड पनि हो । तर, आज यो देशका शैक्षिक सस्थाहरु दिन प्रतिदिन फस्टाउँदै गएको अवस्थामा पनि खासगरि सामुदायिक विद्यालयको अवस्था चिन्ताजनक रहेको छ । यसको पमुख कारण के हो? भन्ने दिशातर्फ आम जनसमुदाय, अभिभावकवर्ग, शिक्षापेमी, समाजसेवा ,बुध्दिजीविवर्ग, विद्यार्थी, शिक्षक, विधालय व्यस्थापन समिति, शिक्षक अभिभावक सघं, राजनीतिक दलहरु आदि सबै समयमै सचेत हुनुपर्ने अवस्था आज हामी सबैका अगाडि ठूलो चुनोतिको रुपमा देखा परेको छ । वास्तवमा यो सिंगो मुलुककै लागि ठुलो दुर्भाग्यको कुरा हो । हुन त निजी क्षेत्रले देशको शैक्षिक आवश्यकतालाई केही रुपमा भएपनि भरथेग त गरेको छ, यो राम्रो कुरा पनि हो । तर, यसको अर्थ सामुदायिक विधालयको अवस्था दिन प्रतिदिन नाजुक बन्दै जानु पर्छ  भन्ने होइन । आज हाम्रो देशमा एकातिर दक्ष जनशक्तिको ठुलो अभाव छँदैछ भने अझ भएको जनशक्ति पनि विदेशतर्फ पलायन बन्दै जानुले भोलि यो देशको भविष्य कस्तो होला भन्ने कुराको अनुमान सहज रुपमा गर्न सकिन्छ। जुन मुलुकको शैक्षिक अवस्था कमजोर हुन्छ त्यो मुलुकको सम्पूर्ण अवस्था लथालिङ्ग हुन्छ भन्ने कुरामा कुनै व्दिविधा मान्नु पर्दैन ।

यही वास्तविकतालाई बुझेर अग्रजहरुले जुन चुनौतिपूर्ण तथा अनुकरणीय काम गर्नु भयो । त्यसैको प्रतिफल आजको पद्मोदय पब्लिक नमुना उच्च माध्मिक विधालय भरतपुर दाङ हो । यस गरिमामय शैक्षिक संस्थाले यहाँको जनसमुदयलाई मात्र सचेत र शिक्षित बनाउने काम गरेको छैन बरु राष्टिय जीबनमा महत्बपुर्ण स्थान हासिल गर्नुहुने व्यतित्वहरुको उत्पादन पनि गरेको छ । आज यस संस्थाले  ज्ञान, विज्ञानप्रविधि, राजनितीक, विचार, दर्शन आदि विविध क्षेत्रहरुमा काम गर्ने दक्ष जनशक्तिको उत्पादन गर्दै आएको छ । 

 यस विद्यालयको पठनपाठनमा निरन्तर खटिरहनुहुने शिक्षकज्यूहरु, हामीप्रति विश्वास गर्नुहुने आदरणीय अभिभावकवर्ग, अनुशासित विद्यार्थीवर्ग, विद्यालयको सर्वपक्षीय व्यवस्थापनमा निरन्तर लागिरहनु हुने विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघ, आदरणीय सल्लाहकारज्यूहरु, कर्मचारीवर्ग आदि सबैबाट पाएको सहयोग र सुझावप्रति म हार्दिक कृतज्ञता प्रकट गर्दछु । साथै यस विद्यालयको उत्तरोत्तर प्रगतिको निमित्त निरन्तर लागिरहने प्रण गर्दछु ।

धन्याबाद !