Educational Tour

शैक्षिक अवलोकन भ्रमण
गोविन्दप्रसाद न्यैापाने
पूर्व पधानाध्यापक

घोराही-११ भरतपुरस्थित पद्मोदय पब्लिक नमुना उच्च माध्यमिक विद्यालय २००४ सालमा स्थापना भई यस क्षेत्रमा शिक्षाको ज्योति फैलाइरहेको विधालय हो। अहिले यहाँ नर्सरीदेखि कक्षा १२ सम्म अंग्रेजी माध्यमबाट र कक्षा ६ देखि १२ सम्म नेपाली माध्यमबाट पढाइ हुन्छ। उ‌‌‍‍.मा.वि.तर्फ विज्ञान, वाणिज्य, शिक्षा र शिक्षा विज्ञान सङ्कायको पढाइ हुन्छ। प्राविधिक शिक्षातर्फ CTEVT को विधुत, कम्प्युटर र सामाजिक परिचालन गरी ४ प्रकारका तालिमहरु सञ्चालन भैरहेका छन् भने यसै वर्षदेखि विधुत ओभरसियरको पढाइ सञ्चालन हुँदैछ। यस उच्च मा.वि.मा करिब ४५०० विधार्थीहरु अध्ययनरत छन्।

प्राविधिक शिक्षाको विकासमा EVENT परियोजनामार्फत यस विद्यालयमा लगभग तीन करोडको विकास योजना सञ्चालन भैरहेकोछ। यसैअन्तर्गत शिक्षक विधार्थी र व्यवस्थापन समितिहरुलाई विभिन्न ठाउँको शैक्षिक भ्रमन, अवलोकन भ्रमण गराउने कार्यक्रम अन्तर्गत यस उच्च मा.वि.को व्यवस्थापन समिति र प्राविधिकतर्फका शिक्षकहरुको दक्षिण भारतको १३ दिनको अवलोकन भ्रमणमा जाने मैाका मिल्यो। जसको संयोजक अर्गेनिक ट्राभल्स ठमेलले गरेको थियो।

२०७२ चैत्र १३ गते बिहान ११ बजे विद्यालयबाट प्रस्थान गर्यैा। २४ जनाको टोली सुनैाली हुदै साँझ ६ बजे गोरखपुर पुग्यैाँ। रेल-वे स्टेशनको राज होटेलमा बास बसेर अर्कोदिन बिहान ७:३० बजे हामिहरुलाई बैंगलोरको लागि प्रस्थान गर्नु थियो तर हाम्रो ट्रेन धेरै ढिलो भएकोले साँझ ७ बजे मात्र प्रस्थान गर्यैा। लखनैा, झासी, भोपाल, विजयवाडा हुदै ३० घण्टापछि २६ गटे साँझ ७:३० बजे बैँगलोरको यसवन्तपुर स्टेशनमा उत्रियैाँ। हामिलाई होटेलसम्म पुर्याउन २ वटा गाडी तयार थिए। हामि ८:३० बजे रियल जलमा पुग्यैाँ। १७ गते बिहान ८ बजे हाम्रो बैँगलोर घुमाइ सुरु भयो। ४०० वर्ष पुरानो यो सहरलाई अहिले सिल्कन सिटी भनिन्छ। यो सहर २५ किलोमिटर लम्बाइमा फैलिएको यो सहरको जनसंख्या १ करोड रहेछ।

बैँगलोरमा ९ वटा युनिभर्सिटीहरु रहेछन्। धेरै नेपालीहरु यहाँ उच्च शिक्षाका लागि आउँदा रहेछन्। बैंगलोरमा हामि सबैभन्दा पहिले Iskon मन्दिर हेर्न गयैाँ, हो १५ साल पुरानो रहेछ। ३ लाख स्क्वाएर फिटमा फैलिएको यसको लागत ७० करोड रहेछ। नरसिंह अवतार,बालाजी र राधाकृष्णका मन्दिरहरु पनि यहाँ रहेछन्। यो धेरै सुन्दर छ राम्रो मन्दिर रहेछ। मन्दिरम जादा झोला,मोबाइल,क्यामरा लग्न पाइँदो रहेनछ। त्यही बुल टेम्पलको पनि दर्शन भयो।

त्यसपछि टिपुसुल्तानको ग्रीष्म दरबार हेर्ने अवसर मिल्यो।यो दरबार ८० प्रतिशत काठ र २० प्रतिशत चुन र पत्थरले सन् १७९१ मा तयार भएको रहेछ। टिपुसुल्तानका २ हस्ती थिए-सेनापति मिर मुहम्मद र गुरु पण्दित पूणैँया। सेनापतिले ढोका दिँदा टिपुसुल्तानको हत्या भएको थियो।

बैँगलोरमा ३०० पार्कहरु छन्। केही पार्कहरु त निकै ठूला पनि छन्। त्यसैगरी टेक्नोलोहीकल म्युजियम अत्यन्त राम्रो र प्रख्यात छ। त्यँहा सरल तरिकाबाट जीवहरुको विकास,यन्त्रको सञ्चालन,प्रकाश,ध्वनिको प्रयोगबाट हुने फाइदा,जीवकोषहरुको संरचना र विकाश आदिदेखि रेल, रकेट आदिको निर्माण सिद्धान्तको बारेमा सरल तरिकाले सम्झाउने प्रयास गरिएको छ। ५ तलामा विभिन्न विषयसँग सम्बन्धित अलग अलग विषय प्रयोगात्मक रुपमा प्रर्दशन गरिएको छ। त्यहाँ विद्दार्थीहरु र अन्य आगन्तुकहरुको भीड लाग्दो रहेछ।

चैत्र १७ गते साझँ बैँगलोर सिटीबाट हामी तिरुपतिका लागि प्रस्थान गर्यैा ररेल-वे स्टेसन नजिकै रहेको वैष्णोदेवी होटलमा हामि बिहान ७ बजे पुग्यैाँ। तिरुपति एउटा सानो उपत्यका रहेछ। यो पुरानो मन्दिरको सहरको रुपमा परिचित छ जहाँ ,वैष्णव सम्प्रदायको बाहुल्य छ। तिरुपतिका दर्शनीय ६ स्थानहरु पद्दावती,कपिलेश्वर, कृष्ण, श्रीराम, गोविन्दराज, तिरुपति बालाजी उपत्यकाका विभिन्न स्थानमा रहेका छन्।

बिहान १० बजे हामि दुई वटा गाडीमा तिरुपति बालाजी दर्शनको लागि होटेलबाट प्रस्थान गर्यैा। तिरुपति बालाजीको मन्दिर हिन्दुहरुको विश्वको सबैभन्दा धनी मन्दिर मानिन्छ। यो तिरुमाला पर्वतमा रहेको छ। दर्शनार्थीहरुको निकै भिड हुने हुँदा हामिले रु.३०० को ई-टिकेट पहिलेनै लिएका थियैाँ,जसअनुसार हामिहरु दिउँसो १२ बजे मन्दिर परिसरमा पुगिसक्नुपर्ने जानकारी भयो। तिरुपति बालाजी मन्दिर जाने निकै राम्रो एकतर्फी बाटो रहेछ। कडा सुरक्षा जाँचपछि हामी उकालो लाग्यैाँ। बाटो अत्यन्त सफा, सडक किनारमा फूलहरु फूलिरहेको पाइयो। बाटोमा ठाउँ-ठाउँमा विश्राम-गृह, शैाचालय आदिको सुप्रबन्ध रहेछ। मन्दिर परिसरमा पुगेर हाम्रो गाडी रोकियो। हामी आफ्ना क्यामरा,मोबाइल,जुत्ता गाडीमै राखेर भित्र प्रवेश गर्यैाँ। पहिले हामीले बराह भगवान्को दर्शन गर्यैाँ। त्यसपछि मात्र मूल मन्दिरको दर्शन गर्ने चलन रहेछ। हामी VIP टिकट भएकाहरु लाइन लाग्ने ठाउँमा १२ बजे पुग्यैाँ। त्यहाँ लाइनमा लाग्दा सेतो सुरुवाल-कुर्ता या सेतो लु्ङ्गी, धोती लगाउनु अनिवार्य रहेछ। निर्धारित बाटोबाट हामिहरु अगाडि बढ्यैाँ। ठाउँ-ठाउँमा विश्रामस्थल र शैाचालय, पिउने पानीको बन्दोबस्त रहेछ। हामी २ घण्टा १५ मिनेटपछि मात्र बालाजीको दर्शन गर्ने स्थानमा पुग्यैाँ।यात्रीलाई विश्रामकक्षमा राखेर सुस्त-सुस्त यात्रीको नाम,फोटो,टिकटको रुजु गरेर मात्र भित्र जान दिइँदो रहेछ। भित्र पुग्दा १० मिटरजति टाढा बालाजीको भव्य मूर्ति देखियो। हात जोडेर टाढैबाट दर्शन गर्यैाँ। त्यँहा फूलप्रसाद चढाउने,छुने कुनै व्ववस्था छैन्। बाहिर निस्किएपछि लाइनमा लागेर तीर्थजल र प्रसाद ग्रहण गरिन्छ। त्यसपछि अर्को लाईनमा लागेर हुण्डी भएको ठाउँमा जाने र त्यहाँ आफुले दान गर्ने गरिन्छ । त्यहाँ गुप्त दान गरिन्छ्। कपडाले बेरेर राखेको भाँडोमा हात छिराएर दान गरिन्छ। धनीहरुले हिरा, मोती, रुपैयाँको गुप्त दान गर्दछन्। सबैले गोबिन्द-गोबिन्द भनेर उच्चारण गर्दछन्। बाहिर निस्किएपछि रु. ३०० सएको टिकटवालाहरुलाई प्रसादको रुपमा लड्डु दिने चलन छ। प्रसाद लिएर हामी बाहिर निस्कियैाँ। त्यसपछि भण्डारा गृहमा नि:शुल्क भोजन गरेर हामी बस रोकिएको ठाउँमा पुग्योँ। हलमा राखेर सयैाँ मानिसलाई एकैपटक पातमा खुवाउने व्यवस्था रहेछ। मन्दिरबाट हामी ४ बजे अर्को बाटोबाट सहरतिर लाग्यैाँ। बाटोमा हनुमान मन्दिरको दर्शन गरियो। कोठामा फर्केपछि बजार घुम्न निस्कियैाँ।

चैत २२ गते राति १० बजे चेन्नाइबाट फिर्ता यात्रा सुरु भयो ग्वालियरको लागि । अर्कोदिन २३ गते राति १:४५ मा ग्वालियर पुग्यौँ । त्यहीँ स्टेसनमा ३ घण्टा बसेर २४ चेतमा बिहान ५:१५ मा गोरखपुरको लागि हाम्रो रेल छुट्यो । लखनौ हुँदै त्यहीँ दिन राति ८ बजे गोरखपुर आइपुग्योँ । हाम्रो गाइड गोरखपुरकै वीरेन्द्र सिं थिए । राती गोरखपुर बसेर अर्कोदिन चैत्र २५ गते बिहान ८ बजे बढनीको लागि बस चढ्योँ । दिउँसो २:३० बजे हामी बढनी हुदैँ कृष्णनगर पुग्योँ ।

३० दलीय मोर्चाको २४ गतेदेखिको बन्द खुलेको कुरा गोरखपुरमा थाह भयो । हामीलाई बाटोमा कुनै अबरोध नहुने भएर खुसी भयौँ । कृष्णनगरबाट ३ बजे घोराहीका लागि छुटेको बसले ७ बजेतिर हामिलाई आफ्नो गन्तव्यमा पुग्याएर फर्कियो ।

सिकाई, ज्ञान भन्ने कुरा जीवनपर्यन्त आर्जन हर्ने कुरा हो । हामीले दक्षिण भारतको यात्रामा बाटोका दृश्यहरु खेतीपाती, उद्योग, सडक, रेल आदि हेर्ने अबसर पायौँ । नागपुरमा सुन्तला प्रशस्त हुदोरहेछ, गर्मी स्थानमा हुने सुन्तला दाङमा पनि हुन्छ कि भन्ने अड्कल काट्यौँ । त्यस्तै घर बस्ती एकै ठाउँमा बनाउने र खेतीयोग्य जमिनलाई भरसक नोक्सान नगर्ने नीति भएको पायौँ । बाटोमा,स्टेसनमा प्रशस्त फुलका बाटोहरु छन् । स्टेसन सफा र सजाएका छन् । मानिसहरु शिष्ट छन्, सहयोगी छन्। कृषिमा, उद्योगमा प्रशस्त विकास भएको छ, दक्षिणी भारतको बंजर जमिनमा सिँचाई पुग्याइएको छ । समुद्र तटमा हावा मिलहरुबाट ऊर्जा प्राप्त गरिएको छ । शहरहरुमा खुल्ला ठाउँहरु राखिएका छन् । यी सबै हामीले सिक्ने कुरा हुन् । हामिले जे बुझ्यौँ, देख्यौँ त्यसको फाइदा विद्यालाय र जिल्लाले पाउनुपर्छ । त्यसैले हाम्रो ज्ञानको भाण्डार पनि बढेको छ । सहरमा ठुला ठुला खुला स्थानहरु विभिन्न नाममा राख्नु आवस्यक छ । जसलाई पछि प्रयोग गर्न सकियोस् । यस्तो नगर्नाले घोराहीमा एउटा पनि राम्रो खेल मैदान र राम्रो पार्क छैनन् ।

१३ दिनको यात्रामा कुनै सदस्यलाई अप्ठेरो भएन, स्वास्थ्य सबैको राम्रो रह्यो । सदभाव बढ्यो, यो पनि सकारात्मक कुरा हो । यात्राबाट विद्यालयमा प्राविधिक शिक्षाको विकास गर्नु आबश्यक रहेछ भन्ने सबैले अनुभव गरयोँ । यही नै यात्राको सबैभन्दा ठुलो उपलब्धि हो । यात्राको व्यवस्थापन गर्ने अमर डाँगी लगायत भ्रमण दलका सम्पूर्णजनहरुमा सहयोग र सदभावको लागि धेरै धेरै धन्यवाद !